3 years ago
August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टोली र प्याव्सन लमजुङ लमजुङ सदरमुकाम बेशीशहरमा जारी खुल्ला फुटसल प्रतियोगिता फाइनलमा प्रवेश गरेका छन् ।

आयोजक टिमले बैंकर ए टिमलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आयोजक टिमका सुरेश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा बेसीशहर नगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएके छ । निर्धारित समयमा २–२ गोलको बराबरीपछि खेल पेनाल्टीमा धकेलिएको थियो । फाइनल आइतबार हुनेछ ।
पहिलो हुने टिमलाई नगद १५ हजार र २५ हजार रुपैयाँको खसी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने दोस्रो हुने टिमका लागि नगद १० हजार र २० हजार रुपैयाँ बराबरको खसी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
उक्त प्रतियोगितामा एक लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । कृष्णाष्टमीको अवसरमा हिमालयन ब्रदर्श ग्रुप र मनाङ मस्र्याङदी प्रालिले व्यापार व्यवसाय प्रवद्र्धन गर्ने र आपसी सदभाव बढाउने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो ।
लिगका आधारमा खेलाइएको प्रतियोगितामा पहिलो दिन १८ खेल भएको थियो । दोस्रो दिन लिगका तीन, क्वाटर र सेमिफाइनलका खेल सकिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]