default_image

3 years ago

August 21, 2022

आयोजक हिमालयन ब्रदर्शलाई फुटसल उपाधि

264 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – आयोजक हिमालयन ब्रदर्श ग्रुपले लमजुङको सदरमुकाम बेसीशहरमा सञ्चालन उपाधि जितेको छ । प्याब्सन लमजुङलाई ४–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

व्यापार व्यवसाय प्रवद्र्धन गर्ने र आपसी सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीको अवसरमा हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङ्दी प्रालिले प्रतियोगिताको आयोजना गरेको हो ।

उपाधिसँगै हिमालयनले नगद १५ हजार र २५ हजार रुपैयाँको खसी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको प्याब्सन लमजुङको १० हजार र २० हजार रुपैयाँ बराबरको खसी, मेडल र प्रमाणपत्र प्रदान गरिएको उक्त प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष प्रवीण वाग्लेले बताए ।

प्याब्सन लमजुङका विनोद गुरुङ सर्वाधिक गोलकर्ता बने । उनले खेल अवधिभर १५ गोल गर्न सफल भएका थिए ।आयोजकका सुनिल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । आयोजक समितिका सुरेश श्रेष्ठ फाइलन खेलको म्यान अफ दि म्याच घोषित भएको रेफ्री इन्द्र रानाले बताए ।

उनीहरुले बजाज सोरुमबाट समान ५–५ हजार रुपैयाँ हात पारेका छन् । प्रतियोगितामा १४ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.