3 years ago
August 21, 2022
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाज लामाचौरले हरितालिका तीजको अवसरमा आयोजना गर्ने लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ ।

महिला र पुुरुषमा समान ५–५ गरी १० टोलीले २४औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगतको भलिबल प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ । यसपटकदेखि पुरुष भलिबल प्रतियोगिता थपिएको हो ।
यसअघि महिलाको मात्रै राष्ट्रिय स्तरको तथा छात्र-छात्राको भलिबल हुँदै आएको थियो । कोभिडका कारण गत दुई वर्ष प्रतियोगिता हुन सकेन । प्रतियोगिता १२ देखि १४ भदौंसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा हुनेछ ।
यसपाली महिलातर्फ तीन विभागीय टोली नेपाल पुलिस, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।
पुरुषतर्फ पनि तीन विभागीय टिम नेपाल पुलिस, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।
दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टलाई आकर्षक पुरस्कार दिइनेछ ।
महोत्सवमा महिला र पुरुष भलिबलसँगै अन्तरमावि लोक नृत्य, सितारियो कराते, अन्तरमहिला खुला तीज गीत प्रतियोगिता पनि हुनेछ ।

आयोजक संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले तीज गीत प्रतियोगितासँगै खेलकुदको छुट्टै ब्राण्ड बनाएको लामाचौर तीज महोत्सव सफल पार्नु सबैको दायित्व भएको बताउँदै यसपालि पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पनि आयोजना गर्ने लागेको बताए ।
महोत्सव दौरान १३ भदौंमा संस्थाले निर्माण गरेको ब्याडमिन्टन कोर्टको उद्घाटन हुनेछ । महोत्सव ३ दिन चल्ने भएपनि भलिबल अघिल्लो दिन देखि नै शुरु हुनेछन् । महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान छ ।
२०५४ सालमा स्थापित संस्थाले तीज गीतमा प्रथमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्त्वनाले १० हजार, अन्तरमावि लोकनृत्यतर्फ प्रथमले ४० हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार र सान्त्वना तीन टिम र उत्कृष्ट भेषभूषलाई ५ हजार दिइने सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]