3 years ago
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को आयोजनामा केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिता असोज ४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष सुन्दरनरसिं जोशीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा ५ भेट्रान स्पर्धा रहेका छन् ।
भेट्रान बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०-१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । जुनियर ब्वाइज-गल्स सिंगल्स (यु–१९) तथा क्याडेट ब्वाइज-गल्स सिंगल्स (यु–१५) मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय-२ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकका सदस्य नवीनबहादुर शाक्यले जानकारी गराए । प्रतियोगितामा विदेशी खेलाडीको पनि सहभागिता रहने बताइएको छ । ५ दिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]