3 years ago
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै नेपाल पौडी संघले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

असोज ६ देखि ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको छ । जसमा उमेर समूहतर्फ छात्र र छात्राको फ्रि स्टायल, ब्रेष्ट स्ट्रोक, ब्याक स्ट्रोक र बटरफ्लाई लाई चार विधामा यु–१०, यु–१२, यु–१४ र यु–१७ गरि ३२ विधामा प्रतिस्पर्धा हुनेछ ।
र खुल्ला महिला तथा पुरुष २०० ईन्डिभिजुअल मिड्ले, ४००, २००, १०० र ५० मिटर फ्रिस्टायल, २००, १०० र ५० ब्रेष्ट, ब्याक र बटरफ्लाई, ४ गुणा १०० मिटर फ्रिस्टायल रिले (टिम मात्र), ४ गुणा १०० मिटर ईन्डिभिडुअल मिड्ले (टिम मात्र) गरि ३२ स्वर्ण सहित कुल ६४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने ११ टोलीका खेलाडीहरुको क्षमता अभिबृद्धि गरि उत्कृष्ट नतिजा प्राप्त गर्न यस प्रतियोगिताले सहयोग पुग्ने बिश्वास गरिएको छ । प्रतियोगिता नवौंको तयारीको रुपमा समेत लिईएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]