3 years ago
August 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्ड १५औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले गोल्डेनपिकलाई ३५–२१ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङले १२ अंक योगदान गरे । दिवस भुजेलको २७ अंक सहयोगमा ग्रिनल्यान्डले सेन्ट जोसेफलाई ३९–३० ले हरायो ।
सोही स्पर्धामा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ६१–५१ तथा एचएचसीएले टीआईएलाई ३९–२३ ले पाखा लगाए ।
बीएनएका सन्देश खड्काले ३८ तथा एचएचसीएका दोर्जे शेर्पाले १५ स्कोर गरे । जुनियर ब्वाइजमा बीएनएले इबीएलाई २३–१७, एन्जल्स हार्टले गोल्डेनपिकलाई ३६–१६, स्किब्सले गोल्डेनपिकलाई १६–१३ तथा लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले भ्याली पब्लिकलाई २१–१९ ले पन्छाए ।
बीएनएका सुरेश गौतमले ११, एन्जल्स हार्टका प्रतीक कँडेलले २४, स्किब्सका सोनाम ठकुरीले ४ तथा एलएनएका रिदम उप्रेतीले १८ अंक जोडे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]