3 years ago
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्डको दुवै टोली १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार दुवै स्कुलको सिनियर ब्वाइज/गल्र्स टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । सिनियर ब्वाइजमा भ्याली पब्लिकले बीएनएलाई ५६–३२ तथा ग्रिनल्यान्डले एचएचसीलाई ४२–३७ ले पराजित गरे । भ्याली पब्लिकका अनमोल गुरुङ र छिरिङ तामाङले समान २२–२२ तथा ग्रिनल्यान्डका विमल जागरीले १२ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले सत्यसाइलाई १७–११ तथा ग्रिनल्यान्डले एचएचसीएलाई ३०–११ ले हराए । भ्याली पब्लिकका अनिता गुरुङ र एन्जल गुप्ताले समान ७–७ तथा ग्रिनल्यान्डका समिक्षा थापा र प्रियंका थापा मगरले समान ६–६ स्कोर गरे ।
जुनियर ब्वाइजमा एलएनएले स्किब्सलाई १९–१४ तथा एन्जल्स हार्टले बीएनएलाई २९–१३ ले पाखा लगाए । एलएनएका पदम अधिारीले १२ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले ९ अंक जोडे । फाइनल सोमबार हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]