3 years ago
August 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताबाट समान ५-५ पुरुष/महिला खेलाडीको छनोट गरिने छ ।
प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतको उपस्थिति थियो ।
बागमती प्रदेशको उसु खेलाडी छनोट पनि बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा सुरु भएको छ । प्रतियोगिता ११ जिल्लाका ७१ पुरुष र ४५ महिला खेलाडी सहभागी छन् ।
तीनदिने प्रतियोगिताबाट सान्सौमा ९ पुरुष र ६ महिला तथा थाउलोमा ८-८ पुरुष/महिला गरी जम्मा ३१ खेलाडीले राष्ट्रिय खेलकुदमा सहभागिताको अवसर प्राप्त गर्ने छन् । बिहीबारदेखि रग्बीको छनोट सुरु हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]