3 years ago
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी नगरपालिका वडा १ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा स्वर्ण जितेको छ ।

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा बुधबार भएको फाइनलमा गोदावारीले भक्तपुर नगरपालिका २ लाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । भक्तपुर ५ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो भए । भेट्रान ६० वर्षमाथि ललितपुर १२ का शरदमान श्रेष्ठ च्याम्पियन बने ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा शरदले काठमाडौं महानगरपालिका २९ का उदयमोहन श्रेष्ठलाई १४–१२, ११–३, ६–११ र १२–१० को सेटमा हराए । ललितपुर १९ का जगदीश्वरप्रसाद जोशी र ललितपुर २२ का रोशन प्रधान तेश्रो बने ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]