default_image

3 years ago

September 9, 2022

जयराम र राजेन्द्र पहिलो

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका वडा ६ का जयराम महर्जन र ललितपुर महानगरपालिका वडा ११ का राजेन्द्र वज्राचार्य दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितामा शुक्रबार पहिलो भएका छन् ।

पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि जयराम र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ४० वर्षमाथि फाइनलमा जयरामले ललितपुर १६ का राजु शाक्यलाई १४–१२, ११–९ र ११–४ को सोझो सेटमा पराजित गरे ।

काठमाडौं महानगरपालिका वडा २५ का रन्जित मल्ल र काठमाडौं २ का उमेश मानन्धर तेश्रो भए । स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले बूढानीलकण्ठ नगरपालिका वडा १ का कपुर शर्मा पौडेललाई ११–९, १३–११, ९–११ र ११–८ को सेटमा हराए ।

ललितपुर १६ का प्रकाश धाक्वा र ललितपुर ११ का नदिमरत्न शाकय तेश्रो बने । पाँच स्पर्धा समावेश प्रतियोगितामा अब पुरुष/महिला सिंगल्सको फाइनल हुन बाँकी । उक्त खेल शनिबार हुनेछ ।

पुरुष सिंगल्समा लम्जुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गरेका छन् । महिला सिंगल्समा संखुवासभा वडा ४ की वियंका राई र ललितपुर १२ की इभाना थापा मगर फाइनलमा पुगेका छन् ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.