3 years ago
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँ थाइ संघले पदक विजेता आफ्नो खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको छ । संघको तेस्रो साधारणसभाका अवसरमा शनिबार मलेसियामा गत महिना सम्पन्न युथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको हो ।

सो प्रतिस्पर्धामा उनले ग्रान्ड स्लाममा रजत र युथ गेम्समा कांस्य पदक विजेता प्राप्तिलाई सम्मान गरिएको हो । उनलाई बाग्मति प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, बाग्मती खेलकुद विकास परिसद्का सदस्यसचिव सूर्यलाल भण्डारी र नेपाल राष्ट्रिय मुवाँ थाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले सम्मानपत्र र खादा लगाएर सम्मान गरे ।
उक्त साधारण सभाले प्रादेशिक संरचनाको खेलकुद नीति अलम्बन गर्दै विभिन्न प्रदेशमा संयोजक तोकेको छ । मुवा थाई संघले प्रदेश–१ भूपेश शाक्य, मधेश प्रदेशमा सन्तोस घलान, बाग्मति प्रदेश मनीष लिभी र सदस्यमा राहुल मोक्तान, गण्डकी प्रदेशमा निलिम अधिकारी, लुम्बिनी प्रदेशमा साजन माली, कर्णाली प्रदेशमा राजेश महर्जन र सुदूरपश्चिम प्रदेशमा उमेशकुमार खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा आगामी बाग्मति प्रदेशको खेलकुदमा मुवाँ थाई खेल पनि समावेश गर्ने बताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]