3 years ago
September 14, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा एक महिनापछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका र खेलस्थल तय गरेको छ ।

आयोजक राखेपले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको लागि पाँच जिल्लामा मात्रै खेल आयोजना गर्ने गरी खेल तालिका र खेलस्थल सार्वजनिक गरेको छ । राखेपका अनुसार अब नवौं राष्ट्रिय खेलकुद मुख्य स्थल (कास्की) सँगै पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा आयोजना हुनेछ । तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा कुनैपनि खेल हुने छैन ।
काठमाडौंमा पुरुषतर्फको क्रिकेट समापनको चरणमा पुग्दा सुटिङ पनि काठमाडौंमा हुनेछ । झरीमा भएको खेलमा उपाधि दावेदार एपिएफ र बागमती प्रदेश एक खेल पनि नखेली बाहिरिएको छ । पौडीलाई काठमाडौंमा सार्ने योजना भएपनि पोखराको फिस्टेल एकेडेमीमा हुने छ ।
म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ । बाग्लुङमा आईटिएफ तेक्वान्दो, नवलपुरमा सेपाक ताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल हुनेछ । स्याङ्जाको वालिङमा महिला फुटबल हुने सम्भावना छ । एथलेटिक्स ट्रयाक एण्ड फिल्ड पोखरा रंगशालामा हुनेछ । महिला बास्केटबल पृथ्वीनारायण क्याम्पसमा हुनेछ ।
शारीरिक सुगठन पोखरा सभागृह, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, रग्बी भण्डारढिक खेल मैदान, कबड्डी रन्जित पार्टी प्यालेस रानीपौवा, खो–खो पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाईने निर्णय परिषदले गरेको छ । टेवल टेनिस कोल्मा बाहकोट समाज, हक्की पुरुष गौरीशंकर खेल मैदान र महिला हक्की पोखराकै गण्डकी आवासिय विद्यालय लामाचौरमा खेलाईने छ ।
साईक्लिङ पोखराको रानीबनमा र ट्रायथलन लेकसाईड (फेवाताल किनार) मा हुनेछ । पोखरा क्रिकेट रंगशालामा २३ असोजदेखि महिला क्रिकेट हुनेछ । २४ असोजमा उसु र फेन्सिङ हुनेछ । २५ असोजदेखि महिला तथा पुरुष कबड्डी शुरु हुने छ । २७ गते बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, महिला तथा पुरुष फुटबल र फुलकन्ट्याक्ट कराँते शुरु हुनेछ । २८ असोजमा पोखरा रंगशालामा उद्घाटन समारोह हुनेछ ।
सम्पन्न कार्यहरु
– खेल स्थलहरु निर्धारण भइसकेका छन् ।
– खेलतालिका बनिसकेको छ ।
– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता– २०७९ मार्फत पहिलोपटक खेलाडीको अनलाइन दर्ता सुरु भएको छ । प्रत्येक टिमले खेलाडीको अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । विभागिय र गैरआवासीय नेपाली टीमबाट अनलाइन फारम भरिसकेको अवस्था छ ।
– प्रतियोगिताको नजिता सबैले सहज रुपमा पाउने गरि अनलाइन माध्यबाट तत्कालै नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ । जसका लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को आधिकारिक वेवसाइट www.ninth.nsc.gov.np रहेको छ ।
– साथै राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ लाई केन्द्रित गरेर National Sports Council app सञ्चालनमा ल्याएको छ ।
– परिषदको वेवसाईट www.nsc.gov.np, fecebook, twitter, Instagram र youtube बाट पनि प्रतियोगिताको प्रचार अभियान सन्चालन गरिएको छ ।
– काउण्ट डाउन शो सामग्री उत्पादन सुरु भएको छ । अनलाइन माध्यमहरुमा मिडियाहरुले उक्त सामग्री प्रकाशन प्रशारण गर्न सक्नेछन् । भिडियो डाउनलोड गर्न एफटीपीको भिडियो सर्भर उपलब्ध छ यसका लागि आवश्यक पर्नेलाई उपलब्ध गारउने छौं ।
– पोखरामा मूल आयोजक समितिको सचिवालय तथा मिडिया सेन्टर स्थापना भएका छन् । अन्य उपसमितिहरुको सचिवालय पनि अव पोखरामा रहने छन् ।
– प्रतियोगिताको मुल ट्रफी यहि भदौ ३१ गते प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने छ भने भने प्रदेशहरुमा मुख्य मन्त्रीको उपस्थितिमा ट्रफी प्रर्दशनी ¥याली हुने छ । यसका लागि ओलम्पियन दिपक विष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भई सकेको छ । ट्रफीको प्रदेशगत प्रदर्शनी असोज १ गतेदेखि सुदूरपश्चिमबाट सुरु गरी क्रमशः अन्य प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा लगिने छ ।
प्रक्रियामा रहेका
– तोकिएका खेल स्थलहरुको मर्मत कार्य तीव्र गतिमा भईरहेको ।
– पोखरा शहरलाई खेलमय बनाउन स्ट्ण्डी कटआउट, फ्लेक्स व्यानर तथा स्वागतद्धार राख्नका लागि स्थानिय तहसंग समन्वय भइरहेको छ भने परिषदका तर्फबाट पनि प्रक्रियामा रहेको छ ।
– खेल सामाग्री,खेलपोशाक लगायतका खरिद प्रक्रियाहरु अन्तिम चरणमा रहेको ।
– समुद्घाटन तथा समापन कार्यक्रमका लागि विभिन्न जातजातीका झाँकी, सांस्कृतिक कार्यक्रम, मार्चपास लगायतका लागि विभिन्न पक्षसंगको समन्वयमा कामहरु भईरहेको छ ।
– ओलम्पिक दिप प्रज्वलनका लागि पूर्वाधार निर्माण कार्य जारी छ ।
– प्रतियोगिता प्रायोजनका लागि विभिन्न उद्योग, प्रतिष्ठानहरुलाई सहकार्यका लागि सार्वजनिक आब्हान गरिएको छ ।
– स्वयंसेवक परिचालनका लागि तयारी भईरहेको तथा स्वयंसेवक प्रशिक्षक परिचालन अन्तिम चरणमा पुगेको ।
– विभिन्न उपसमितिहरु मार्फत तयारीको काम तिब्रगतिमा भईरहेको तथा अन्तिम चरणमा पुगेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]