3 years ago
September 16, 2022
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा टस जितेर नै कास्य पदक जितेको छ । कास्य पदकका लागि शुक्रबार टियुमा बिहान ९ : १५ मा सुदूरपश्चिम र एनरआएनए स्पोर्ट्स एकेडेमबीच खेल हुनुपर्ने थियो ।

पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदूरले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर टस लगत्तै वर्षा भएको थियो । खेल हुन नसकेपछि दोस्रो पटक कास्य पदकको लागि भएको टसमा राजु रिजालले जित्दै पदक पक्का गरेका हुन् ।
‘पहिलो टस खेलको लागि भएको थियो । खेल सुरु हुन सकेन । मेडल त एउटाले नै जित्छ । मेडल त निर्धारण गर्नुपर्छ । खेल हुने अवस्था नै नभएपछि मेडल निर्धारण गरेका हौं । यसमा संयुक्त विजेता हुँदैन । अहिले गएर फाइनल भएन भने त्यो पनि टसबाटनै निर्धारण हुन्छ’, म्याच रेफ्री सञ्जय गुरुङले हाम्रो खेलकुदसँग भने ।
त्यसैमा थपे, ‘यो आइसिसीको नियम होईन । मेडल म्याच सुरुनै हुन सकेन । मेडल विनर निर्धारण टसबाट गर्ने भन्ने हामीले टिमसँग पहिलानै छलफल गरेका थियौं । यो लोकल कन्डिसन हो’, उनले भने ।
पहिलो सेमिफाइनलमा वर्षाको कारण त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमबीचको खेल हुन सकेको थिएन । आर्मी समूह ए को विजेता हुँदा फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनल खेलमा पुलिसले एनआरएनएलाई १३ रनले हराएको थियो ।
वर्षाले प्रभावित खेलमा ८ ओभरमा पुलिसले पहिला ब्याटिङ गर्दै ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । एनरआएनएले उक्त लक्ष्य पछ्याउनेक्रममा ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।
आज नै दिउँसो १ : १५ मा फाइनलको लागि आर्मी र पुलिस भिड्दैछन् । यदि खेल हुन नसके टसबाट स्वर्ण निर्धारण हुनेछ । अहिले टियुमा वर्षा रोकिएको छ । पिच कभरले ढाकिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]