3 years ago
September 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो भएका हुन् ।

काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा पौडेललाई ११–८, ८–११, १२–१० र ११–३ को सेटमा पराजित गरे ।
ललितपुरका किरण व्यञ्जनकार र एनिजका प्रकाश धाक्वा तेश्रो भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ६० वर्षमाथि फाइनलमा आनन्दले आदर्श विद्या मन्दिर (एभीएम) का मदन आचार्यलाई ११–२, ११–४ र ११–७ को सोझो सेटमा हराए । डिल्लीबजारका पूण्य पौडेल र कान्तिपुर भ्याली पिङपोङ क्लबका जगदीशवरप्रसाद जोशी तेश्रो बने ।
जुनियर गल्र्स यु–१९ सिंगल्समा मोर्डन कलेजकी दिया देउलाले नेपाल आर्मीकी सुस्मिता खड्कालाई १७–१५, १४–१२ र ११–७ तथा एपीएफकी वियंका राईले केकेएम/एनआरटीकी अन्जु सुवाललाई ११–८, ११–७ र ११–६ को सीधा सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
सोही स्पर्धाको ब्वाइजमा मकवानपुरका विशाल गोले, केकेएम/एनआरटीका धनन्जय दाहाल र हिमाल विष्ट तथा एपीएफका रुविन महर्जन सेमिफाइनलमा पुगे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]