3 years ago
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तमु युवा समाज सिद्धलेक –२ खिर्रे धादिङको आयोजनामा यसै महिना पुरुष भलिबल प्रतियोगिता तथा विविधि सांस्कृतिका कार्यक्रमसँगै मैत्रीपूणै महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता असोज २१ देखि २३ गतेसम्म सिद्धलेकस्थित भलिबल कोर्टमा हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङले जानकारी गराए ।
प्रतियोगितामा सहभागिताका २० असोजसम्म समय तोकिएको छ । सहभागिताका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । एक टोलीमा एकै गाउँपालिकाका ६ जना र बाँकी ३ जना खुल्ला रहनेछ । टोलीमा एक जना व्यवस्थापक रहनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

सर्वाेत्कृष्ट खेलाडीले मेडल प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर र सर्भरले पनि मेडल पाउनेछ ।प्रतियोगिताको मुख्य प्रायोजकमा सिद्धलेक गाँउ पालिका रहेको छ ।
सह–प्रायोजकमा उग्रचन्डी युवा क्लब र सहयोगी संस्थाहरुमा जिल्ला खेलकुद विकास समिति धादिङ, जिल्ला भलिबल संघ धादिङ, सिंद्धलेक भलिबल संघ र जीवन ज्योति युवा क्लब रहेका छन् । राष्ट्रिय टोलीका सदस्य रहेका विभागीय त्रिभुवन आर्मी क्लबमा स्पाइकर सरन सामरी क्षेत्री यही सिद्धलेकबाट उत्पादित खेलाडी हुन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]