3 years ago
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं सुशील केडिया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ ।

जावलाखेलस्थित डीएभी स्कुलमा भएको फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृस्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोस्रो पटक उपाधि जित्न सफल भयो । लिटिल एन्जल्सको लागि भार्गभ सिलवाल, सुवर्ण बस्नेत र लक्ष्य महर्जनले गोल गरे । पुलिसका राम थापाले एक गोल गरे ।
शुक्रबार नै सम्पन्न सेमीफाइनलमा पुलिसले गान्धी आदर्श स्कुललाई २–१ ले तथा लिटिल एन्जल्सले ग्रिनफिल्ड स्कुललाई ३–१ ले पराजित गर्दै फाइनल पुगेको थियो। तेश्रो स्थानको लागि भएको खेलमा ग्रीनफिल्डले गान्धी आदर्शलाई ३–१ ले पराजित ग¥यो ।
नेपाल पुलिस स्कुलका लक्ष्मण थानी प्रतियोगिताको सर्वाधिक गोलकर्ता भए । उत्कृस्ट गोलकिपरको अवार्ड ग्रिनफिल्डका आदित्य थापाले जिते । प्रतियोगिताको उदयमान खेलाडी लिटिल एन्जल्सका भार्गभ सिलवाल घोषित भए ।
गान्धी आदर्श इन्टरनेसनल स्कुलले फेयरप्ले अवार्ड प्राप्त ग¥यो । विजेता खेलाडीहरुलाई राष्ट्रिय फुटबलर गौतम श्रेष्ठले पुरस्कृत गरे । सोही अवसरमा श्रेष्ठलाई सम्मानित समेत गरिएको थियो ।
तीन दिन चलेको प्रतियोगितामा उपत्यकाका १६ स्कुलका टिम सहभागी थिए । यसअघि आयोजित इन्डोर क्रिकेटको उपाधि आयोजक डीएभी स्कुलले जितेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]