default_image

3 years ago

September 23, 2022

निरज तेश्रो चरणमा

1198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हेटौंडाका निरज श्रेष्ठ दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा शुक्रबार तेश्रो चरणमा प्रवेश गरेका छन् ।

छोर्तेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा निरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा पराजित गरे । विराटनगरका सरोज गौतम, खसौलीका गणेश थापा, दीप लभका परिवेश रेग्मी, बगरकोटका निर्मलकुमार तामाङ, पोखराका दीपेश क्षेत्री र खसौलीका अमर थापम मगर पनि तेश्रो चरणमा पुग्न सफल भए ।

प्रतियोगितामा २ सय ५६ बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख ५१ हजार, १ लाख ११ हजार र ५१÷५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई १ लाख १ हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीलाई २५ हजार तथा उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वाटरफाइनल पुग्ने खेलाडीलाई जनही ११ हजार नगद पुरस्कार दिइने छ ।

प्रिक्वाटरफाइनल यात्रा तय गर्ने खेलाडीलाई क्यु र क्यु बक्स प्रदान गरिने छ । नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघको प्राविधिक सहयोगमा भइरहेको हो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.