default_image

3 years ago

September 23, 2022

विकासलाई थप दुई स्वर्ण

286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ का विकास कुमालले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिताका दोस्रो दिन शुक्रबार थप दुई स्वर्ण जितेका छन् । विकासले बिहीबार पनि दुई स्वर्ण नै जितेका थिए ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखी नेपाल पौडी संघद्वारा आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन विकासले २०० मिटर व्यक्तिगत मिड्लेमा २ मिनेट २२.३७ सेकेन्ड र २०० मिटर ब्रेष्टस्ट्रोकमा २ मिनेट ३३.५३ सेकेन्ड समयका साथ दुई स्वर्ण जितेका हुन् ।

मिड्लेमा बागमतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए । यस्तै ब्रेष्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए । ५० मिटर ब्याकस्ट्रोकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङले २९.१० सेकेन्ड समयका साथ स्वर्ण जिते । सेनाका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कास्य पाए ।

१०० मिटर फ्रिस्टायलमा पुलिसका सुविज्ञ मान तुलाधरले ५६.२० सेकेन्ड समयमा साथ स्वार्ण हात पार्दा बागमतीका ईरभिन श्रेष्ठ र सेरेन सिंहले क्रमश रजत र कास्य पाए । १०० मिटर ब्याकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले आफ्नो तथा क्लबका लागि दोश्रो स्वर्ण जिते । उनले १ मिनेट ४.४५ सेकेन्ड समयका साथ दुरी पुरा गरे । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपिएफका जेडेन श्रेष्ठले कास्य पाए ।

५० मिटर फ्रिस्टायलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । बागमतीका अल्भिन महर्जन र ईरभिन श्रेष्ठले क्रमशः रजत र कास्य पाए । महिला ५० मिटर ब्याकमा पुलिसकी आर्या महर्जनले ३५.१९ सेकेन्डका साथ स्वर्ण हात पार्दा प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र पुलिसकै समिरा शोभा थापाले कास्य पाए ।

२०० मिटर ब्रेष्टमा सेनाकी उपास्ती महर्जनले ३ मिनेट ७.७८ सेकेन्डका साथ स्वर्ण हासिल गरिन् । दोश्रो स्थानमा एपिएफकी भैनभी श्रेष्ठ र तेश्रो स्थानमा पुलिसकी सारसी खड्काले कास्य पाईन् । १०० मिटर फ्रिमा सेनाकी अनुशिया तण्डुकारले १ मिनेट १.८५ सेकेन्ड समयका साथ स्वर्ण जित्दा बामतीकी रोशा न्यौपानेले रजत र पुलिसकी समिरा शोभा थापाले कास्य पाईन् ।

१०० मिटर ब्याकमा पुलिसकी आर्या महर्जन, समिरा शोभा थापा र सारसी खड्काले स्वर्ण र रजत पाए । आर्याले उक्त दुरी १ मिनट १७.५९ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् । ५० मिटर फ्रिस्टायलमा सेनाकी अनुशिया तण्डुकारले २८.८८ सेकेन्डका साथ स्वर्ण जित्दा बागमतीका रोशा न्यौपाने र टिशा महर्जनले रजत र कास्य पाए ।

२०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबले १ मिनट ४३.५७ सेकेन्ड समयका साथ स्वर्ण जित्यो । यस्तै बागमती प्रदेशले रजत र एपिएफले कास्य जित्यो । विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पर्यटन, संस्कृती तथा नागरिक उड्यन मन्त्री माननिय जीवन राम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, उपाध्यक्ष ज्योती राणा, महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.