default_image

3 years ago

October 10, 2022

फेन्सिङमा इन्दिरा र जलेन्द्रलाई स्वर्ण

1322 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङमा तीन स्वर्णको छिनोफानो भएको छ ।

पोखराको ब्याडमिन्टन कभर्डहलमा सोमबार भएको प्रतियोगितमा बागमतीकी शिक्षा नापित, आर्मीकी इन्दिरा पौडेल र सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले स्वर्ण जितेका छन् ।

प्रतियोगितामा बागमती प्रदेशकी शिक्षा नापितले महिला ब्यक्तिगत सावर बिधामा स्वर्ण जितेकी हुन् । बागमतीको लागि नवौंमा उनी स्पर्ण जित्ने पहिलो खेलाडी बनिन् । उनले एपिएफकी उर्मीला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । तेश्रो स्थानमा सेनाका रविना थापा र मनिषा श्रेष्ठ रहिन् ।

इपी महिला ब्यक्तिगततर्फ आर्मीले वर्चस्व जमायो । आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जित्दा सिता पाठक रजतमा खुम्चिईन् । यस्तै सेनाकी पुजन कुमालले कास्य जित्दा अर्को कास्य एपिएफकी जानुका स्याङ्तानले जितिन् ।

पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । उनले बागमतीका संजीप लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । सेनाका वीर सिंह शाही र एपिएफका शेरसिंह ऐरीले कास्य पदका चित्त बुझाए ।

बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका सदसस्य सचिव सूर्यलाल भण्डारी, सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपक सिंह र राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले पुरस्कृत गरेका थिए । फेन्सिङमा सोमबार तीन स्वर्णको छिनोफानो भएको छ ।

प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता रहेको छ ।

विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् ।

फेन्सिङ्ग अन्तरगत ईपी, फोयल र सावर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता राउण्ड रोविनको आधारमा हुने प्राविधिकले जनाएका छन् ।

नवौं राष्ट्रिय प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले पुरुष क्रिकेटमा जितेको थियो । पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जित्दै स्वर्ण तालिकामा पहिलो स्थान बनाउन सफल भएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.