3 years ago
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खगिता सिन्जाली मगर र सुर्य बहादुर खत्रीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत हाइजम्पमा स्वर्ण जितेका छन् ।

खगिताले महिलातर्फ तथा सुर्यले पुरुषतर्फ स्वर्ण जितेका हुन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा आइतबार भएको स्पर्धामा सुर्यले १.९० मिटर जम्प गर्दै स्वर्ण जित्दा बागमतीका निकेश महतोले १.७५ मिटर जम्प गर्दै रजत जिते । पुलिसका रोशन दनुवारले पनि १.७५ मिटर जम्प गर्दै कास्य जित्न सफल भए ।
महिलातर्फ खगिता सिंन्जाली मगरले १.५२ मिटर जम्प गर्दै स्वर्ण जितिन् । आर्मीकै विन्दु थनेतले १.५० मिटर जम्प गर्दै रजत जितिन् । गण्डकीकी सिमा श्रेष्ठले १.४२ मिटर जम्प गर्दै कास्य जितिन् ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]