3 years ago
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ३ हजार मिटर स्टिपल चेजमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् ।

पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा सोमबार भएको स्पर्धामा दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै १८ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । दुर्गाले सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले राखेको ८ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमानलाई भंग गरेका हुन् ।
एपिएफका अजित कुमार यादवले ९ मिनेट २१ः१० सेकेन्डमा दुरी पूरा गर्दै रजत जिते । आर्मीका सुवास कार्की ९ मिनेट २१ः१० सेकेन्डसहित कास्य जित्न सफल भए ।

यससँगै कर्णाली नवौं राष्ट्रिय खेलकुदमा स्वर्णको खाता खोलेको छ । दुर्गाले नवौंमा कर्णालीका लागि पहिलो स्वर्ण जिताएका हुन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]