3 years ago
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् ।

पोखरा रंगशालास्थित स्क्वास कोर्टमा अमृतले बागमती प्रदेशका अरहान्त केशर सिंहमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै राष्ट्रिय खेलकुदमा लगातार तीन संस्करणमा स्वर्ण जित्न सफल भएका हुन् ।
सातौंमा अरहान्तलाई पराजित गरेका अमृतले आठौंमा प्रविन कंसकारलाई हराएर स्वर्ण जित्दा नवौंमा अरहान्तलाई नै हराउन सफल भए । अमृतले सातौपछि अरहान्तलाई हराउन सफल भएको थियो । यसबीचको विभिन्न प्रतियोगितामा अमृतले अरहान्तलाई हराउन सकेको थिएन । तर, नवौंमा अमृतले बाजी मार्न सफल भयो ।

पहिलो सेटमा १२–१० को प्रतिस्पर्धात्मक जित निकालेको अमृतले दोस्रो सेट ८–११ ले गुमाउन पुगेको थियो । तेस्रो सेटमा पनि १२–१० कै जित निकोको अमृतले चौथो सेटमा एक समय ४–१ को अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा ९–११ ले अरहान्तलाई नतिजा सुम्पन पुग्यो । पाँचै सेटमा भने अमृत ११–८ ले विजयी हुन सफल भयो ।
स्वर्ण जितेपछि अमृतले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्न पाउँदा खुशी लागेको बताए । ‘तयारी भनेर गर्न पाएन । सबै कुरा अन्तिम समयमा नै भयो । जे जस्तो भयो राम्रो भयो ।’ स्वर्ण जितेपछि अमृतले भने, ‘स्क्वास डोमिनेट गेम हो । एक जनामाथि जाने बित्तिकै बिट गर्न गाह्रो हुन्छ । स्क्वासमा अरहान्त र अमृत भन्ने छ । तर, अबको एक वर्षका फाइनलमा युवा खेलाडीलाई देख्न सक्नुहुनेछ ।’
यस्तै अमृतले राज्यले खेलकुदलाई धेरै गर्न खोजेपनि पर्याप्त नभएको बताए । ‘राज्यले गर्न खोजेको छ, तर पर्याप्त छैन । अहिलेसम्म खेलाडी आफ्नै खर्चमा खेलिरहेको छ । ठुलो आशा नगरौं सानोतिनो भएपनि गरिदिए राम्रो हुने थियो । प्रतियोगितामा पठाउने, कस्तो सामग्री चाहिन्छ त्यसमा प्रायोजन गरिदियो भने हाम्रो लागि यो नै राम्रो हुनेछ ।
रजतमा सीमित बनेका अरहान्तले यो प्रतियोगितामा अमृत जितको हकदार रहेको बताए । ‘मैले प्रशिक्षणको समय नै पाएन । ५ दिन प्रशिक्षण गरेर खेल्न आएको हुँ । अस्वस्थका कारण खेल्न पनि गाह्रो भइरहेको थियो, अस्वस्थ भएपछि मानसिक रुपमा पनि खेल्न गाह्रो हुन्छ । मलाई त्यही भयो । त्यसैले यसपटक अमृत नै स्वर्णको दावेदार थियो ।’ विभिन्न प्रतियोगिता च्याम्पियन बनेका अरहान्त राष्ट्रियमा भने च्याम्पियन बन्न सकेको छैन ।
यस विधामा बागमतीका अमिर ब्लोन र गण्डकीका दीपक थापाले कास्य जितेका छन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]