default_image

3 years ago

October 17, 2022

शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन

314 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – शारीरिक सुगठनमा आर्मीले ५९ अंकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ । पोखरास्थित सभागृहमा सोमबार ६ स्वर्णका लागि भएको प्रतियोगिताको ८० केजी तौलमा नेपाली सेनाका ललित धिमालले स्वर्ण जिते ।

एपिएफका राकेश श्रेष्ठले रजत तथा पुलिसका रत्न सुन्दर नायकुसीले कास्य जिते । ८० केजी माथिको तौल समूहमा आर्मीका उमेश राईले स्वर्ण, लुम्बिनीका बिष्णु निशादले रजत तथा एपिएफका आदित्य ठाकुरले कास्य जिते । स्पोर्टस् फिजिक १७० सेमी तलको समूहमा गण्डकी प्रदेशका प्रदीप रेग्मीले पुलिसका सुकदेव कार्कीलाई पछि पार्दै स्वर्ण जिते ।

एपिएफका किरण सुवालले रजत जिते । १७० सेमी माथीको विधामा प्रदेश १ का औतार श्रेष्ठले स्वर्ण जितेका हुन् । एपिएफका निहाल जोशीले रजत र नेपाल पुलिसका सुरज डङ्गोलले कास्य पाए ।

महिला मोडल फिजिकतर्फ नेपाली सेनाकी स्वेता कपालीले स्वर्ण जितिन् । बागमती प्रदेशकी रोजिना ख्यामली र पुलिसकी सनम मुलगुठीले रजत र कास्य जिते । महिला शारीरिक सुगठनमा एपिएफकी पुजा श्रेष्ठले बाजी मारिन् ।

उनले सेनाकी जास्मिन लामालाई रजतमा खुम्च्याउँदै स्वर्ण कब्जा गरेकी हुन् । प्रदेश १ की रजनी श्रेष्ठले कास्य जितिन् । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०-१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.