default_image

3 years ago

October 19, 2022

आर्मी र एपिएफलाई रिलेमा स्वर्ण

444 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको १ सय मिटर रिलेको महिलामा त्रिभुवन आर्मी क्लब र पुरुष तर्फ एपिएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको प्रतिस्पर्धा आर्मीको टोलीले ४९.६० सेकेन्डमा रिले पूरा गर्दै स्वर्ण जितेको थियो ।

आर्मीको टोलीमा रमिता गुरुङ , सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा रहेका छन् । गण्डकीले रजत र बागमतीले कास्य पदक जितेको थियो । मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्ती रहेको गण्डकीले ५२.७५ सेकेण्ड तथा रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले रहेको बागमतीले ५२.७६ सेकेन्डको समय निकालेको थियो । सो विधामा एपिएफ टोली भने डिस्क्वालिफाइड भएको थियो । एपिएफले फ्ल्स स्टार्र्र्ट गर्दा डिस्क्वालिफाइड भएको थियो ।

एपिएफ पहिलो

४ गुणा १ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरको टोलीले ४२.४४ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेको छ त्यसै गरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीको समूहले ४२.६० सेकेण्डका साथ रजत र लुम्बिनी प्रदेशका सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुको समूहले ४४.३८ सेकेण्डका साथ कास्य पदक जितेको छ

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.