default_image

3 years ago

October 20, 2022

जिम्न्यास्टिकमा आर्मी च्याम्पियन

305 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदकका साथ च्याम्पियन बनेको हो ।

बागमती प्रदेशले ६ स्वर्ण र ८ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै एपिएफले ५ स्वर्ण, १७ रजत र ४ कास्य पदक हात पार्दै तेस्रो स्थानमा रह्यो ।

टिम इभेन्टअन्तर्गत पुरुषतर्फ १२१.९२५ अंक सहित आर्मीले स्वर्ण पदक जितेको छ । ११३.५५५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जितेको छ । ९३.१५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले कास्य पदक जितेको छ ।

टिम इभेन्ट महिलातर्फ ७१.४७५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले स्वर्ण पदक जितेको छ । ६४.३७५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जितेको छ भने ४८.६७ अंक प्राप्त गर्दै नेपाल आर्मीले कास्य पदक जितेको छ ।

भुई व्यायममा पुरुषतर्फ ७.९० अंक प्राप्त गर्दै आर्मीका राजु राईले स्वर्ण जितेका छन् । आर्मीकै रोहन बुढाथोकीले ७.४० अंक प्राप्त गरी रजत र एपिएफका उज्वल तिवारीले ७.०५ अंक प्राप्त गरी कास्य जितेका छन् ।

भुई व्यायम महिलातर्फ आर्मीकै विदीशा न्यौपानेले ८.३५ अंक सहित स्वर्ण पाएकी छन् । एपिएफकी सुनिता दर्नालले ८.०० अंक सहित रजत र ७.९५ अंक सहित बागमती प्रदेशकी प्रकृति थापा मगरले कास्य पदक जितेकी छन् ।

पोमेल हर्स पुरुषतर्फ एपिएफका रिकेश तामाङले स्वर्ण, आर्मीका राजु राईले रजत र आर्मीकै पिज महर्जनले कास्य पदक जितेका छन् । रोमन रिङमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका सुनिल बुढाथोकीले कास्य पदक जितेका छन् ।

भल्टिङ हर्स पुरुषतर्फ आर्मीका रोहन बुढाथोकीले स्वर्ण, आर्मीकै राजु राईले रजत र एपिएफका श्रीकृष्ण खरबुजाले कास्य पदक जितेका छन् । प्यारालल बारमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् ।

होराइजेन्टल बारमा आर्मीका राजु राईले स्वर्ण, आर्मीकै विश्वास सुवेदीले रजत र एपिएफका उज्वल तिवारीले कास्य पदक जितेका छन् । अलअराउण्ड पुरुषतर्फ आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् ।

भुई व्यायमअन्तर्गत महिलातर्फ आर्मीका बिदिशा न्यौपानेले स्वर्ण, एपिएफका सुनिता दर्नाले रजत र बागमती प्रदेशका प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् । भल्टिङ हर्स महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, एपिएफकै सुनिता निरौलाले रजत र बागमती प्रदेशकी प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् ।

अलअराउण्ड महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, आर्मीकी बिदिशा न्यौपानेले रजत र एपिएफकै सुनिता निरौलाले कास्य पदक जितेकी छन् । महिलातर्फको खेलाडीले ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष र अलअराउण्ड गरि चार इभेन्टमा प्रतिस्पर्धा भएका थिए ।

पुरुषतर्फ ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष, प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स, होराइजेन्टल बार र अलअराउण्ड गरि आठ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । तिन विभागीय क्लब सहित सात प्रदेशका १२० जना खेलाडीको सहभागिता रहेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.