3 years ago
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन् ।

आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ । विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ ।
प्रतियोगितामा सहभागी ७ प्रदेशका ७ टिममध्ये कर्णालीले एक मात्र स्वर्ण जित्न सक्यो । अरु प्रदेश भने निरीह रहे । प्रदेश १ ले एक रजत र ४ कास्य जित्यो भने मधेश प्रदेशले केबल १ कास्यमा चित्त बुझायो ।
वागमती प्रदेशले २ रजत र ५ कास्य जितेको छ भने घरेलु टोली गण्डकीले १ रजत र ४ कास्य पदकमात्र जित्यो भने लुम्बिनी प्रदेशले एक कास्यमा चित्त बुझायो । कर्णालीले स्वर्ण, रजत र कास्यमा समान १-१ पदक जितेको छ । सुदूर पश्चिमले ४ रजत र ८ कास्य पाएको छ ।

थाउलोतर्फ विभागीय टिम नेपाली सेनाले ६ स्वर्ण जितेको छ । पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिंजालीले स्वर्ण पदक जितेका हुन् । यस्तै, वागमती प्रदेशका विपन थापाले रजत र सुदूर पश्चिमका आयुष चौधरीले कास्य पदक जिते ।
पुरुष ताईची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोलेले स्वर्ण जिते । उनको स्कोर १८.२५ छ । यस्तै सेनाकै पासाङ शेर्पा १८.१७ स्कोरका साथ रजत पदक जित्दा नेपाल प्रहरीका मनिष बुढाथोकीले कास्य पदक हात पारे ।
महिला थाईची छ्वान अलराउन्डमा पनि स्वर्ण पदक सेनाकै खेलाडीले कब्जा गरे । सबिता राईले १८.५२ स्कोरका साथ स्वर्ण हात पारिन् । सेनाकै मिना ग्लान १८.४४ अंकका साथ रजत पदक जित्दा सुदूरपश्चिमकी पुष्पा कुँवरले कास्य हात पारिन् । मिनाको स्कोर १४.३१ छ ।
महिला छाङ छ्वानमा सेनाकी सुस्मिता तामाङ ९.२ स्कोरका साथ प्रथम भएकी छन् । कर्णालीकी आशा शाही र सुदूर पश्चिमका दीपिका चौधरी क्रमशः दोस्रो र तेस्रो बने । यस्तै, पुरुष नान छ्वान अलराउन्डमा कर्णाली प्रदेशले स्वर्ण जितेको छ ।
कर्णालीका दीपक हमाल १८.५४ स्कोरका साथ च्याम्पियन बनेका हुन् । प्रहरीका शनि श्रेष्ठ र वागमतीका सागर श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो बने ।
महिलाको नान् छ्वान अलराउन्डमा सेनाकी निमा घर्तीमगरले स्वर्ण, प्रहरीकी अञ्जिता स्याङ्तानले रजत र प्रहरीकी ममता सुनुवारले कास्य पदक जिते ।
थाउलोको पुरुष ताब सु कुन्सुमा स्वर्ण र रजत दुवै सेनाले जितेको छ । सेनाका विश्व बुढामगर १७.६९ अंकका साथ प्रथम हुँदा सेनाकै राजीव तामाङ १७.६७ अंकका साथ दोस्रो बने ।
प्रहरीका रवीन्द्र आलेले कास्य जिते । महिला चियन सु छियाङमा सशस्त्र प्रहरीकी कविता थापाले १८.१० स्कोरका साथ स्वर्ण जितिन् । सुदूर पश्चिमकी अलिसा खाती र सेनाकी मोनिका थापाले क्रमशः रजत र कास्य पाए ।
सान्सौतर्फ सेनाले ६ स्वर्ण जितेको छ । पुरुष ४८ केजीमा सेनाका यामराज थापामगरले स्वर्ण जिते । सशस्त्रका गौतम श्रेष्ठले रजत र प्रदेश १ का गणेश लिम्बु र गण्डकीका स्माइल भण्डारीले कास्य जिते । पुरुष ५२ केजीमा शसस्त्र प्रहरीका अशोक खालिङले स्वर्ण, सुदूर पश्चिमका शिवराज सुनारी मगरले रजत र वागमतीका अनिष परियार र सेनाका मदनकुमार श्रेष्ठले कास्य जिते ।
पुरुष ५६ केजीमा सशस्त्रका रोहित चुनारोले स्वर्ण र वागमतीकी कान्ति लामाले रजत, प्रहरीका रोशन अछामी र गण्डकीका ज्ञानेन्द्र सिंहले कास्य जिते । ६० केजीमा सशस्त्रका मंगलप्रसाद थारुले स्वर्ण, प्रहरीकी मुकेश पण्डितले रजत, सेनाका कमल आचार्य र प्रदेश १ का रोहित लिम्बुले कास्य जिते ।
६५ केजी तौल समूहमा प्रहरीका सम्मन घुस्रीले स्वर्ण, सुदूर पश्चिमका पदम ठकुल्लाले रजत, लुम्बिनीका अभिषेक ताङनामी र सेनाका राजेश चौधरीले कास्य जिते । ७० केजीबाट सेनाका पदम राईले स्वर्ण, सशस्त्रका सुवास भुल सेठीले रजत र मधेसका मो वसिम खान र गण्डकीका अनुप खड्काले कास्य जिते ।
पुरुष ७५ केजीमा सेनाका चित्रसिंह ठकुरीले स्वर्ण, सशस्त्रका अनिश शाहीले रजत, प्रदेश १ का अमित लोकान्द्री र सुदूर पश्चिमका हरिचन्द्र कार्कीले कास्य जिते । ८० केजी समूहमा सशस्त्रका सञ्जीव महर्जनले स्वर्ण, प्रदेश १ का उपेन्द्र मारिकले रजत, सुदूर पश्चिमका आलोक बुढामगर र बागमतीका राजकुमार श्रेष्ठले काश्य जिते ।
पुरुष ८५ केजीमा सेनाका किरणसिंह साउदले स्वर्ण, सशस्त्रका निकेश श्रेष्ठले रजत तथा प्रहरीका रामेकुमार राजवंशी र प्रदेश १ का रोमन श्रेष्ठले काश्य जिते ।
सान्सौमा महिलातर्फका ६ इभेन्टमध्ये २ मा सेना, ४ सशस्त्र र १ इभेन्टमा प्रहरीले स्वर्ण जितेका छन् । महिला ४८ केजीमा सशस्त्रकी गौरी घर्तीमगरले स्वर्ण, सेनाकी मनिषा प्रधानले रजत, प्रहरीकी नवीना विक र सुदूर पश्चिमकी अस्मिताकुमारी गाहामगरले कास्य पदक जिते । महिला ५२ केजीमा सेनाकी एलिना चौधरीले स्वर्ण, प्रहरीकी आसु हल्वाइ साहले रजत, वागमतीकी शासन थिङ र गण्डकीकी सीमा गुरुङले कास्य पदक जिते ।
५६ केजी समूहमा सशस्त्रका विद्या गुरुङले स्वर्ण, प्रहरीकी रीता ठकुल्लाले रजत तथा सुदूर पश्चिमकी सुमिना विक र सेनाकी मुभी राईले काश्य पदक जिते । ६० केजीमा सशस्त्रकी निशा विकले स्वर्ण, सुदूर पश्चिमकी सृजना खनालले रजत, प्रहरीकी रोजिना सुनुवार र कर्णालीकी गोमा आफ्रेले कास्य जिते ।
महिला ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावतले स्वर्ण, सेनाकी लुमन्ती श्रेष्ठले रजत तथा प्रहरीकी आयुषा महर्जन र सुदूर पश्चिमकी गोमती साउदले काश्य जिते ।
७० केजी समूहमा सेनाकी विन्दु पुनमगरले स्वर्ण पाउँदा गण्डकीकी अनिसा आलेमगरले रजत तथा प्रहरीकी पूजा गुप्ता र वागमतीकी वास्ताकुमारी पाख्रिनले कास्य जितेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता थियो । एनआरएनएको उसुमा सहभागीता थिएन ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]