3 years ago
November 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको पाँचौं संस्करण मंसिर दोस्रो साता आयोजना हुने भएको छ ।

आयोजक नेपाली सेनाले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्राइएड्भेन्चर ९ मंसिरमा धादिङको बैरेनी र चरौंदीमा हुने जानकारी गराएको छ ।
पाँचौं संस्करणमा १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने अनुमान गरिएको सेनाले जनाएको छ । सेनानी राजीव चन्दले भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, चीन, बेलायत र अमेरिकालगायत १० देशलाई निमन्त्रणा गरिएकोमा बेलायत र भारतबाट सहभागिता निश्चित भइसकेको जानकारी गराए ।
भारतबाट तीनवटा टिमले सहभागिता जनाउने पक्का भएको सेनाले जनाएको छ । मंसिर १ गतेसम्म टिम दर्ता अवधि तोकिएको छ ।
धादिङको बैरेनीदेखि चरौँदीसम्म सञ्चालन हुने प्रतियोगितामा हरेक टोलीले ६.७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर ¥याफ्टिङ गर्नुपर्नेछ । एक टोलीमा ४ जना खेलाडी हुनेछन् । यि चारै जनाले अन्तिमसम्म दूरी पूरा गर्नुपर्नेछ ।
विजेता टिमले २ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो र पाँचौं हुने टिमले क्रमशः २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
सेनाले २०७१ देखि दौड, साईक्लिङ र याफ्टिङ गरी तीन विधाको साहसिक ट्राइएडभेन्चर प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]