default_image

3 years ago

November 6, 2022

रेडिअन्ट बास्केटबलमा ४८ टिम

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए ।

सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज-सिनियर गल्र्सलाई ४ समूहमा विभागज गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

सिनियर ब्वाइज-गल्र्समा निम्स तथा जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरले जानकारी गराइन् ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.