3 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरेको छ।

भारतको लखनउमा विश्व कुङफु दिवसका आयोजित कार्यक्रम लामालाई नगद १ लाख ६० हजार रुपैयाँसहित कदर पत्र प्रदान गरी सम्मान गरिएको हो ।
नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङफु खेलको विकास र विस्तारमा समन्वयकारी भूमिका निर्वाह गरी उल्लेखनिय योगदान पु¥याएवापत लामालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघले जनाएको छ । लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाका अध्यक्ष एसएम बोब्डे, महासचिव मन्जु त्रिपाठीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
अध्यक्ष लामाले अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै सम्मानले कुङफु खेलको विकास र विस्तारमा कृयाशिल रहन अझ हौसला र प्रेरणा मिलेको बताए । नेपाल उमा कुङफु संघका प्रथम उपाध्यक्ष सन्जीतकुमार राईले आफ्ना अध्यक्षलाई सम्मान गरेकोमा सिंगो उमा कुङफु परिवारले गौरवान्वित महशुस गरेको बताउदै लामाको अतुल्नीय योगदानको कदर गरी सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
‘नेपालमा उमा कुङफुको विकास र विस्तारमा उहाँ (सिद्धार्थ लामा) को ठूलो योगदान छ । खेलाडीलाई स्वदेश तथा विदेशमा प्रतियोगिता र तालिममा सहभागिताका लागि अवसर दिलाउन उहाँ हरदम कृयाशिल रहनु भयो ।’ उपाध्यक्ष राईले भने– ‘विगत १० वर्षदेखि उमा कुङफुलाई भारतमा विस्तार गर्न त्यहाँका पदाधिकारीलाई सहयोग गरिरहनु भएको छ ।
त्यसैले पनि उहाँको कामको कदर गर्दै सम्मान गरिएको हो । अन्य राष्ट्रमा पनि उमा कुङफुको विस्तारका लागि उहाँले समन्वयकारी भूमिका निर्वाह गरिरहनु भएको छ । उहाँकै कुशल नेतृत्व र व्यवस्थापनमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हासिल गरेको छ ।’
नोभेम्बरमै लखनउमा हुने राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपाल उमा कुङफुको प्राविधिक टोलीले सञ्चालन गर्ने सहमति भएको लामाले जानकारी गराउदै चाँडै भारतको गोरखपुरमा इन्डो–नेपाल कुङफु च्याम्पियनसिप आयोजना गर्न दुई पक्षबीच सहमति भएको पनि अवगत गराए ।
नेपाल उमा कुङफु संघका संस्थापक समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक लामाले भारतमा महिलालाई आत्मरक्षा सम्बन्धी तालिम पनि दिएका छन् । लामाले हालै बेलायतमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फम्स इभेन्टमा मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]