default_image

1 year ago

October 7, 2024

ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

3669 views

0 Bookmark

दिल तामाङ ,सिड्नी

आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो ।

अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ (मोना अस्ट्रेलियालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

नेपाली पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर राजेन्द्र विष्ट सम्मिलित ढोरपाटनले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गर्न सफल भएको हो ।

पहिलो सेट १६–२५ ले गुमाएको ढोरपाटनले त्यसपछिको तीनै सेट २५–१८, २५–२३ र २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । चौथो संस्करणको पनि च्याम्पियन ढोरपाटनले त्यसबेला छन्त्याल परिवार अस्ट्रेलियालाई ३–१ कै सेटमा पराजित गरेको थियो ।

महिलामा साविक विजेता पोखरा भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै म्याग्दी काली युनाइटेड पहिलोपल्ट च्याम्पियन बन्न सफल भयो ।

साविक विजेता पोखरालाई पराजित गर्न नेपाली महिला राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले सानदार प्रदर्शन गरिन् । प्रतिस्र्धात्मक रोमाञ्चक बनेको खेलमा म्याग्दी काली २६–२४, २५–१७ र ३१–२९ को सेटमा विजयी भयो ।

पुरुषतर्फको विजेता बनेको ढोरपाटनले २ हजार ७ सय अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको मोनाले १ हजार ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार २ सय ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो भएको पोखराले ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फ ढोरपाटनका राजेन्द्र विष्ट र महिलामा म्याग्दी कालीकी प्रतिभा माली सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनीहरुले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै पुरुषतर्फ मोनाका पारस भण्डारी उत्कृष्ट स्पाइकर, मोनाका शेर रोका ब्लकर, ढोरपाटनका खेम पुर्जा सेटर, ढोरपाटनका विजय आचार्य सर्भर र ढोरपाटनका सरोज घर्तीमगर उत्कृष्ट लिवेरो चुनिए ।

महिलामा पोखराकी इन्दिरा पुन उत्कृष्ट स्पाइकर, म्याग्दी कालीकी मिया पुन सेटर र पोखराकी सन्जु पुर्जा सर्भर चुनिइन् । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै नेपाल भलिबल संघ अस्ट्रेलियाले म्याग्दी कालीकी प्रतिभा माली र मोना अस्ट्रेलियाका पारस भण्डारीलाई उत्कृष्ट महिला र पुरुष खेलाडीको ट्रफी प्रदान गरेको छ ।

यस प्रतियाेगितामा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले पाेखरा, टेकराज अवस्थीले म्याग्दी काली युनाइटेड, बिशाल बहादुर बिकले गाेर्खा, राजेन्द्र विष्टले ढाेरपाटन, दिल बहादुर सुनारले गल्काेटबाट खेलेका थिए । यस्तै प्रतिभा मालीले म्याग्दी काली युनाइटेडबाट खेलेका थिए ।

प्रतियोगिता दौरान नै ढोरपाटनले विभिन्न खेल व्यक्तित्वलाई सम्मानित गरेका छन् । ढोरपाटनले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, बिशाल बहादुर बिक, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, राजु शेरचन, प्रतिभा माली, बास्केटबलकी सदिना श्रेष्ठ र नेपाल भलिबल संघकी सल्लाहकार तथा पुर्व सदस्य ज्योति केसीलाई सम्मानित गरेका हुन् ।

रनिङ कपमा पुरुषतर्फ १३ र महिलामा ५ टोलीको सहभागिता रहेको थियो । आइबारै समूह विभाजन र खेल तालिका सार्वजनिक गरिएको छ ।

पुरुषतर्फ गोल्डेन ब्वाइज, मोना अस्ट्रेलिया, पर्वत बेनी, पोखरा भलिबल क्लब, जलजला परिवार अस्ट्रेलिया, सनराइज, दि गोर्खा स्पोर्ट्स क्लब, थकाली सेवा समिति, आयोजक ढोरपाटन क्लब, म्याग्दी काली युनाइटेड, गल्कोट स्पोर्ट्स क्लब, क्यानवेरा नेप्लिज सोसाइटी र छन्त्याल परिवार अस्ट्रेलियाको सहभागिता रहेको थियो ।

महिलामा ढोरपाटन क्लब, छन्त्याल परिवार, पोखरा भलिबल क्लब म्याग्दी काली र मोना अस्ट्रेलियाको सहभागिता रहेको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.