3 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिअन्टले इडेन ब्रिज एकेडेमीलाई ३७–१६ ले पराजित ग¥यो । रेडिअन्टका सुवास गौतमले १४ स्कोर गरे ।
सिनियर ब्वाइजमै पिपुल्सले जुबिलियन्टलाई १४–१३, ग्रिनफिल्डले माउन्ट ग्लोरीलाई ३८–१२ र एचएचसीएले सेन्ट्रललाई ४३–१७ ले हराए । पिपुल्सका विवेक भण्डारीले ७, ग्रिनफिल्डका ससान्त कार्कीले २३ र एचएचसीएका पवन मगरले १८ अंक जोडे ।
सिनियर गल्र्समा रेडिअन्टले ग्रिनफिल्डलाई २८–४ तथा संस्कृतिले जेसेसलाई २८–८ ले पन्छाए । रेडिअन्टकी प्रशंसा बुढाथोकीले १६ तथा संस्कृतिकी त्रिशा श्रेष्ठले ८ अंक बटुले ।
जुनियर ब्वाइजमा स्किब्सले ग्रिनफिल्डलाई ७–२, युनिकले इडेन ब्रिजलाई २०–१६ तथा महामञ्जुश्रीले राइजिङ स्टारलाई १८–४ ले पाखा लगाए । स्किब्सका समृत थापा मगरले ५, युनिकका सजित रिमालले ७ तथा महामञ्जुश्रीका समिर श्रेष्ठले ८ अंक जोडे ।
प्रतियोगिताको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम गरी जम्मा ४८ टिम सहभागी छन् । फाइनल कात्तिक २९ गते हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]