3 years ago
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – के के इन्टरनेसनल स्कुलको तीन दिने खेलकुद कार्यक्रम मंगलबारबाट सम्पन्न भएको छ । समापनको अन्तिम दिन सांस्कृतिक पहिचान झल्कने विभिन्न नृत्य प्रदर्शन गरिएको थियो ।

तीन दिने खेलकुद कार्यक्रममा विद्यालयका भूतपूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुको रिले दौड र कक्षा १० का विद्यार्थीहरुबाट रोबोटिक्स प्रदर्शन पनि गरिएको थियो ।
खेलकुदका विभिन्न प्रतियोगिताहरूमा सहभागी सदन (हाउस) हरुलाई अंकको आधारमा ट्रफी वितरण गरिएको छ । सबैभन्दा बढी अंक प्राप्त गरी पहेलो सदन (एल्लो हाउस) का लिडर सुजल बस्नेतले प्रथम स्थानको शिल्ड हात पारे।
रातो सदन (रेड हाउस) का लिडर दर्शन श्रेष्ठ, निलो सदन (व्लु हाउस) का मिलन लिम्बू र हरियो सदन (ग्रिन हिउस) का क्याप्टेन सक्षम श्रेष्ठले क्रमश दोस्रो, तेस्रो र सान्त्वनाको शिल्ड उठाउन सफल भए।
विजेता सदनहरुलाई नेपाली एथलेटिक्सका महारथी बैकुण्ठ मानन्धर, विद्यालयका अध्यक्ष इन्जिनियर प्रविन अग्रवाल तथा विद्यालय प्रधानाध्यापकलगायतले शिल्ड तथा प्रमाणपत्र वितरण गरे ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]