default_image

3 years ago

November 12, 2022

सिदार्थलाई फुटसल उपाधि

264 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिदार्थ बैकले दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा प्रभु बैंकलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिदार्थले उपाधि जितेको हो ।

टाइब्रेकरमा सिदार्थका शान्तिराम कार्की, सन्जिब श्रेष्ठ र राजु श्रेष्ठले गोल गरे । प्रभुका केशब योगी र विकास तामाङले गोल गर्दा अमनराज बज्राचार्यले गोल गर्न सकेनन् ।

उपाधिसँगै सिदार्थले ट्रफी, मेडलसँगै केटीएम सिटीबाट ४५ हजार बाबरको गिफ्ट भौचर प्राप्त गरेको छ । यस्तै जेन्स पार्कबाट ९ जना खेलाडीले १५ सय बराबरको गिफ्ट भौचर पाएका छन् । जेन्स पार्कले उपविजेताका खेलाडीलाई ८ सय रुपैयाँ बराबरको गिफ्ट भौचर प्रदान गरेको छ ।

सिदार्थका शान्तिराम कार्की उत्कृष्ट खेलाडी चुनिए । प्रभुका इराज डंगोल उत्कृष्ट गोलरक्षक र ज्योति विकास बैंकका सुरज महर्जन सर्वाधिक गोलकर्ता चुनिए । उनीहरुले ट्रफी प्राप्त गरे । महिलातर्फ कामनाले माछापुच्छ्रेलाई २–१ ले हराएर उपाधि जितेको छ ।

विजयी टोली तथा खेलाडीलाई कामना सेवा विकास बैंकका डिसिईओ विनय दाहाल, जेन्स पार्कका चेयरम्यान राहुल छाछन, इनास इन्टरप्राइजेजका राजु बास्तोलालगायतले पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ पुरुष र २ महिला टोलीको सहभागिता रहेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.