3 years ago
November 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई १५–२ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा पुजन उप्रेतीले ९ अंक योगदान गरे । साश्वत कार्कीको १० अंक सहयोगमा इबीएले आयोजक रेडिअन्ट पब्लिकलाई १४–१० ले हरायो ।
जुनियर ब्वाइजमै युनिकले महामञ्जुश्रीलाई १५–११ तथा स्किब्सले भ्याली भ्यूलाई ११–६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । युनिकका सवल राई तथा स्किब्सका सोहन ठकुरीले समान ८–८ स्कोर गरे ।
सिनियर ब्वाइजमा जेनिथ, डिफेन्डिङ च्याम्पियन निम्स, एचएचसीए र ओसिस सेमिफाइनलमा पुगे । जेनिथले पुष्पसदनलाई ३९–३२, निम्सले आयोजक रेडिअन्टलाई ४३–३६, एचएचसीएले काठमाडौं जेभियरलाई ४१–३७ र ओसिसले ग्रिनफिल्डलाई ५९–५५ ले पन्छाए ।
जेनिथका सुशिल शाहीले १८, निम्सका सरोज लामिछानेले १०, एचएचसीएका डेविड राईले ११ र ओसिसका सुरेश रोकाले २६ अंक जोडे ।
सिनियर गल्र्समा संस्कृतिले लोक आदर्शलाई २५–४ ले निराश पार्दै साविक विजेता आयोजक रेडिअन्टसंग सेमिफाइनल भेट पक्का ग¥यो । संस्कृतिकी निसी महतले ७ स्कोर गरिन् ।
अर्को सेमिफाइनल डिफेन्डिङ च्याम्पियन निम्स र न्यु भिजन एकेडेमीबीच हुनेछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]