default_image

3 years ago

November 15, 2022

स्वर्ण जित्दा घाइते अनुको शल्यक्रिया सफल

353 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेतर्फ स्वर्ण विजेता अनु अधिकारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ ।

यसै महिनाको सुरुवातमा स्वर्ण जितेकी उनको सोमबार ललितपुरमा रहेको बि एण्ड बी अस्पतालमा सफल शल्यक्रिया भएको हो । अनुकाे नवाैं अन्तर्गत फाइनल खेल दौरान लड्न पुग्दा घुँडाको लिगामेन्ट च्यातिएको थियो ।

नवौंमा अनुले स्वर्ण जित्ने क्रममा ६१ केजी तौल समूहमा विभागीय नेपाल पुलिस क्लबकी अर्मिला डिसीलाई पराजित गरेकी थिइन् ।

सोमबार सफल शल्यक्रियासँगै उनी अब कम्तीमा पनि १० महिना मैदान बाहिर रहनुपर्नेछ । शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार उनी पूर्ण रुपमा फिट हुन कम्तीमा पनि १० महिना लाग्नेछ ।

अनु १३औं दक्षिण एसियाली खेलकुद (साग) की समेत स्वर्ण विजेता हुन् । २०१९ मा नेपालमा भएको १३औं सागमा अनुले ५० केजी मुनि श्रीलंकाकी डन पाउलु बादलेगीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.