default_image

3 years ago

November 16, 2022

उमा कुङफुको निर्णायक टोली भारत प्रस्थान

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय कुङफु फेडरेसनको आयोजनामा हुने १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली उमा कुङफुको निर्णायक टोली बुधबार भारतको लखनउ प्रस्थान गरेको छ ।

नोभेम्बर १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सन्जितकुमार राई, भूपेन्द्र गुरुङ, उद्धव थापा मगर र रमेश महर्जनले जजको भूमिका निर्वाह गर्ने छन् ।

रेफ्रीमा कमल मगर, श्याम डंगोल, सञ्जयराज पुटुवार, मओज विन्दुकार, निरञ्जन मोक्तान, मनीष पुटुवार, प्रसाङ तामाङ, सुनिता श्रेष्ठ, सरिना घले, सडन गुरुङ, सूर्य लामा, रवि महर्जन र सिवान सुनुवार रहेका छन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु नेपाली उमा कुङफुको निर्णायक टोलीले सञ्चालन गर्ने नेपाल उमा कुङफु संघले जनाएको छ ।

‘भारतीय संघले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा नेपाली उमा कुङफुको निर्णायक टोलीले खेल सञ्चालन गर्ने र हाम्रो संघले प्रतियोगिता आयोजना गर्दा भारतीय कुङफु फेडरेसनको निर्णायक टोलीले खेल सञ्चालन गर्ने दुई पक्षीय सहमति भए अनुसार हामी लखनउ जान लागेका हौं ।’ संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राईले भने– ‘यसो गर्दा निर्णय निष्पक्ष हुन्छ भन्ने हो ।’

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.