default_image

1 year ago

December 3, 2022

ब्राजिलका दुई खेलाडीले विश्वकप गुमाउने

कतार (हाम्रो खेलकुद) – चोटको समस्यासँग जुधिरहेको उपाधि दावेदार ब्राजिलका दुई खेलाडीले फिफा विश्वकप कतार २०२२ को बाँकी खेल गुमाउने भएका छन् । यससँगै ब्राजिलको छैटौं पटक विश्वकप जित्ने लक्ष्यमा ठूलो धक्का लागेको छ । शुक्रबार क्यामरुनविरुद्ध खेलमा चोट बोकेका फरवार्ड ग्याब्रीएल जेसस र डिफेन्डर एलेक्स टेलेसले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । दुवै […]

97 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – चोटको समस्यासँग जुधिरहेको उपाधि दावेदार ब्राजिलका दुई खेलाडीले फिफा विश्वकप कतार २०२२ को बाँकी खेल गुमाउने भएका छन् । यससँगै ब्राजिलको छैटौं पटक विश्वकप जित्ने लक्ष्यमा ठूलो धक्का लागेको छ ।

शुक्रबार क्यामरुनविरुद्ध खेलमा चोट बोकेका फरवार्ड ग्याब्रीएल जेसस र डिफेन्डर एलेक्स टेलेसले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् । दुवै खेलाडीले शुक्रबार खेल दौरान घुँडामा चोट बोकेका थिए । ब्राजिलले एक विज्ञप्तिमार्फत दुवै खेलाडी विश्वकपका बाँकी खेलका लागि उपलब्ध नहुने जानकारी दिएको छ ।

‘शनिबार विहान गरिएको परिक्षणको नतिजा अनुसार एलेक्स टेलेस र ग्याब्रीएल जेससले फिफा विश्वकपको बाँकी खेलका लागि ठिक नहुने भएका छन्,’ ब्राजिल फुटबल महासंघले जनाएको छ ।

ब्राजिलले सोमबार हुने अन्तिम १६ को खेलमा दक्षिण कोरियाको सामना गदैछ । ब्राजिलका पहिलो रोजाइका विंगब्याक ड्यानिलो र एलेक्स सान्ड्रो दुवै चोटका कारण विश्राममा छन् । टेलेसको चोटसँगै अब ब्राजिलले सेन्टर ब्याक खेल्ने खेलाडीलाई विंगब्याकमा उतार्नुपर्ने देखिएको छ ।

ब्राजिलका लागि क्यामरुनविरुद्ध ड्यानी आल्भेसले कप्तानी गर्दै राइट ब्याक खेलेका थिए । त्यस्तै टिटेले मार्किन्हसलाई विंगब्याकमा खेलाएर थियागो सिल्भा र इडर मिलिसाओ बिचमा खेलाउन पनि सक्छन् । फाबिन्होले पनि यसअघि सेन्टर डिफेन्समा खेलेका छन् ।

२६ सदस्यीय टोलीमा रहेका तीन विंगब्याक घाइते हुँदा ब्राजिल समस्यामा परेको हो । आक्रमणमा भने दोस्रो रोजाइका फरवार्ड ग्याब्रीएल जेससको स्थान लिन पर्याप्त खेलाडी ब्राजिलको टोलीमा छन् । स्टार खेलाडी नेयमार पनि कोरियाविरुद्ध पुनरागमन गर्ने प्रयासमा छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.