3 years ago
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिना विश्व पौडी च्याम्पियनसिपको १३ औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गर्ने भएको छ ।

डिसेम्बर १३ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० र १ सय मिटर बे्रस्टस्ट्रोकमा विकास कुमाल र १ सय र २ सय मिटर फ्रिस्टायलमा एल्भिन श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
महिला ५० र १ सय मिटर फ्रिस्टायलमा अनुसिया तण्डुकार तथा ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइमा रोशा न्यौपानेले सहभागिता जनाउने छन् । प्रशिक्षकमा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की तथा व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ रहेका छन् ।
प्रशिक्षक कार्कीले प्रतियोगिताले आगामी दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदको तयारीका लागि खेलाडीको मनोबल उच्च पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महासचिव श्रेष्ठले प्रतियोगिताका दौरान हुने फिनाको विशेष साधारणसभामा पनि भाग लिने छन् । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले एक कार्यक्रमबीच शुक्रबार बिदाइ गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]