3 years ago
December 10, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् ।

नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् ।
सान्तोषी सातौं संस्करणको पनि च्याम्पियन हुन् । उनले त्यसबेला १ घण्टा १८ मिनेट ४८ सेकेन्डको समय निकालेकी थिइन् । यसपटक उनले आफ्नाे समयमा थप सुधार गरी उपाधि जित्न सफल भइन् ।
अन्जली चौहानी १ घण्टा २५ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुन सफल भइन् । अन्जु खड्काले १ घण्टा ३६ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो हुन सफल भइन् ।
च्याम्पियन बनेकी सन्तोषीले ६० हजार रुपैयाँ, पदक र प्रमाण पत्र प्राप्त गर्नेछिन् । दोस्र्रो भएकी अन्जलीले ३० हजार रुपैयाँ र तेस्रो भएकी अन्जुले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ हात पार्नेछन् ।
५ किलोमिटर खुल्ला (महिला) मा पुलिसकी राजपुरा पछाई प्रथम, राम माया बुढा दोस्रो र बिमला कार्की तेस्रो भइन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैया प्राप्त गर्नेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]