default_image

3 years ago

December 10, 2022

रग्बीको सेमिफाइनल समीकरण पूरा

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे ।

समूह ‘बी’ बाट युएइ ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया ७ अंकसाथ उपविजेताको हैसियतले सेमिफाइनलमा पुगे । सेमिफाइनलमा भारतको भेट युएइसंग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ ।

समूह ‘ए’ मा रहेको नेपालले भारतसंगै समान ५ अंक जोडेपनि स्कोरअन्तरका आधारमा पछि प¥यो । नेपालले भारतलाई १२–१० पराजित गरेको थियो । नेपाल थाइल्यान्डसंग १५–७ तथा मलेसियासँग ३४–० ले पछि प¥यो । पुरुषमा ८ टिम सहभागी छन् ।

नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्यान्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्नेछन् । प्लेटमा नेपालले ताइपेइ तथा थाइल्यान्डले बंगलादेश विरुद्ध खेल्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलाको राउन्ड रोविन लिगमा भारत र थाइल्यान्डले समान ३–३ खेल खेल्दै समान ७–७ अंक जोडेका छन् । ५ टिम सहभागी राउन्ड रोविनमा दुवैको १–१ खेल बाँकी छ ।

समान २–२ खेल खेलेका युएइ, नेपाल र मलेसियाको क्रमशः ६ अंक, २ अंक र २ अंक रहेको छ । नेपाल थाइल्यान्डसंग ३९–० र युएइसंग ४१–० ले पराजित भयो ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा दाहालले अन्तर्राष्ट्रिय प्रतियोगिताले राष्ट्रबीचको सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउदै राष्ट्रको अर्थतन्त्र बृद्धिमा पनि टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालमा रग्बीको विकास र विस्तारका लागि सरकारले पूर्वाधार निर्माण तथा अन्य तयारी सुरु गरेको जानकारी गराए ।

एसिया रग्बीका अध्यक्ष कायस अल धलाइले छोटो समयको प्रस्तावमा पनि नेपालले प्रतियोगिता आयोजना गर्न तत्परता देखाएकोमा नेपाल रग्बी संघलाई धन्यवाद दिदै खुशी व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता भएको पहिलो अवसर हो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.