3 years ago
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) –विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जि १०) मा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सृर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गरेका थिए ।
रियादमा बिहीबार राति भएको फाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी टर्कीकी क्याभडर मेरयेम बेटुललाई १२–० अंकका आधारमा पराजित गर्दै ऐतिहासिक स्वर्ण जितेकी थिइन् ।
त्यसअघि सृजनाले क्वाटरफाइनलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेकी मेक्सिकोकी जेसिका क्वीजानोलाई ८–७ तथा सेमिफाइनलमा तेस्रो वरीयताकी ब्राजिली खेलाडी क्रिष्टियन नासिमेन्तोलाई १५–१३ अंकका आधारमा हराएर फाइनलमा पुगेकी थिइन् ।
नेपाली पारा तेक्वान्दोले पहिलोपटक ग्राण्ड प्रिक्समा फाइनल खेलेको हो । यो ऐतिहासिक स्वर्णसँगै सृजना पारा तेक्वान्दोको आफ्नो तौल समूहमा सातौ वरियतामा उक्लनेछिन् । यसअघि उनी १४औं स्थानमा थिइन् । सृजनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत जितेकी थिइन् । यस स्वर्ण जितेसँगै सिर्जनाले १ सय अंक बटुलिन् । उनको अब ११२ अंक पुगेको छ ।
के ४४ कै ५७ केजीमूनि तौल समूहमा पारा ओलम्पियन पलेशा गोबद्र्धन पहिलो चरणमै इरानकी इव्राहिमी रोजासँग ८–२ अंकका आधारमा पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिइन् । टोलीको प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, सदस्य राजेन्द्र उप्रेती, सदस्य रामचन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]