default_image

3 years ago

December 24, 2022

ब्यायाम मन्दिरद्वारा खेलकर्मी सम्मानित

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक सुगठनको जेष्ठ तथा मातृ संस्था नेपाल ब्यायाम मन्दिरले आफ्नो बार्षिक साधारण सभाको अवसरमा खेल पत्रकार, खेलाडी तथा विभिन्न ब्यक्तित्वहरुलाई शनिबार सम्मान गरेको छ ।

ज्याठास्थित मन्दिरले आफ्नो २२औं साधारण सभाको अवसरमा आफ्नै हलमा आयोजित कार्यक्रममा मन्दिरले पाँच खेलकुद पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरुमा नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, अन्नपूर्ण पोष्टका विष्णु थापा, अनलाईन खवरका कुशल तिमल्सिना र नेपाल टेलिभिजनका बासुदेव अवाल रहेका छन् । सम्मानित प्रत्येकले नगद १० हजारसहित सम्मानपत्र प्राप्त गरे ।

मन्दिरले विगत ४ बर्ष देखि खेलकुद पत्रकारलाई सम्मान गर्दै आईरहेको छ । मन्दिरले लामो समयदेखि शारीरिक सुगठनको सवैभन्दा सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको ‘धर्मश्री’ प्रतियोगिता एवं अन्य कार्यक्रम गर्दै आइरहेको छ । यस्तै ब्यायाम मन्दिरले मन्दिरद्वारा आयोजना गरिएको ‘१६ औं धर्मश्री’ प्रतियोगिता तथा अन्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै पदक हासिल गर्ने खेलाडीहरुलाई पनि सम्मान गरेको छ ।

१६औं धर्मश्रीमा ५५ केजी तौलमा प्रथम र माल्दिभ्समा सम्पन्न ५४औं एशियन शारीरिक सुगठन प्रतियोगितामा फिटनेश फिजिक्समा कास्य पदक प्राप्त गर्न सफल खेलाडी राजु राई र ‘१६ औं धर्मश्री’ प्रतियोगिता तथा पोखरामा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रथम स्थान हासिल गर्ने डेभिड बलामीलाई नगद २० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।

यसैगरि १६औं धर्मश्री अन्तरगतको प्रथम मेन्स फिजिक्स विजेता अस्वत स्थापितलाई नगद ८ हजार, ६५ केजीमा दोश्रो स्थान हासिल गर्ने आशिष देवाजु र ८० केजी माथिको तौलमा दोश्रो स्थान हासिल गर्ने ग्रिस महर्जनलाई नगद ७ हजार, ७५ केजी तौलमा तेश्रो स्थान हासिल गर्ने आदित्य ठाकुरलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।

कास्की स्ट्रेन्थ लिफ्टिङ संघको आयोजनामा भएको फस्र्ट गण्डकी नेशनवाइड स्ट्रेन्थ लिफ्टिङ्ग आइविपी २०२२ मा ८५ केजी माथिको तौल समूहमा स्ट्रेन्थ लिफ्टिङ र इनक्लाइन्ड बेन्च प्रेस गरि दुई विधमा नेपालकै वलिष्ठ स्ट्रेन्थ लिफ्टर बनेर प्रथम स्थान प्राप्त गर्न सफल खेलाडी सन्दिप केसीलाई ८ हजार नगद र पाकिस्तानस्थित विश्वकै दोश्रो र नवौं हिमाल आरोहण गरि नेपाल ब्यायाम मन्दिरको लोगो अंकित झण्डा र नेपालको झण्डा सहितको ब्यानर फहराएकोमा निङ्गमा तामाङलाई सम्मान पत्रले सम्मान गरेको हो ।

ब्यायाम मन्दिरले संचालक समितिका सदस्य एवं पूर्व कोषाध्यक्ष तिर्थ महर्जन तथा साधारण सदस्य मचाम महर्जनलाई लाईफटाईम अचिभमेन्ट अवार्ड र ५५ हजार ५ सय ५५ र सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । मन्दिरका मानार्थ सदस्य विद्या सागर तुलाधरले साधारण सदस्यद्वय विजय श्रेष्ठ र कृष्ण सिंह शाहीलाई नगद २० हजार सहित सम्मानपत्रले सम्मान गरेको छ ।

यस्तै राजन कुमार श्रेष्ठ, परिशा राजभण्डारी, सुविन महर्जन र लुना श्रेष्ठ पनि १० हजारसहित सन्तती अवार्डबाट सम्मानित भएका छन् । यसैगरि सम्मानित हुने अन्यमा १६औं धर्मश्रीका टोली ब्यवस्थापक सुन्दर पोडे, संजीव श्रेष्ठ र अर्जुन बर्णवाल, सहयोगीहरु अशोक शाही, रविन्द्र श्रेष्ठ, केदार स्थापित, प्रदीप बाँनिया तथा विजय बज्राचार्य रहेका छन् ।

सम्मानित ब्यक्तित्वहरुलाई बागमती प्रदेशकी हालै निर्वाचित साँसद एवं पूर्व काठमाडौ महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, ब्यायाम मन्दिर संचालक समितिका संयोजक प्रथम मि. नेपाल शिवलाल श्रेष्ठ, अध्यक्ष नारायण प्रधान लगायतले नगद, सम्मानपत्र, दोसल्ला र खादा ओडाएर सम्मान गरेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.