default_image

11 months ago

December 26, 2022

खेलकुद मन्त्रीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले मन्त्री महेश्वरजंग गहतराजलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ । खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी अध्यक्ष डा. देवराज रोका, नेपाल स्काउटका प्रतिनिधि, मन्त्रालयका कर्मचारीलगायतले मन्त्री गहतराजलाई मायाको चिनो […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले मन्त्री महेश्वरजंग गहतराजलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ ।

खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी अध्यक्ष डा. देवराज रोका, नेपाल स्काउटका प्रतिनिधि, मन्त्रालयका कर्मचारीलगायतले मन्त्री गहतराजलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए ।

सो अवसरमा मन्त्री गहतराजको सचिवालयका कर्मचारी, मन्त्रालयका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले आफ्नो कार्यकालमा सहयोग गरेकोमा सबैलाई धन्यवाद दिदै नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु ठूलो उपलब्धी भएको बताए ।

उनले ४ सय ४५ दिन खेलकुद मन्त्रीको कार्यभार सम्हालेका थिए । मन्त्री गहतराजको कार्यकालमा युवा तथा खेलकुद क्षेत्रमा भएका मुख्य उपलब्धी समावेश गरी तयार पारिएको पुस्तक पनि वितरण गरिएको थियो ।

November 24, 2023

नेपालगञ्ज कनक्लेभमा खेलकुदको‌ चर्चा

नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको‌ अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]

November 20, 2023

भारतले फाइनलमा हार्नुको प्रमुख पाँच कारण

एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]

November 18, 2023

ढोरपाटन महिला भलिबल माघ दोस्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण आगामी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले कोरोना भाइरस (कोभिड–१९) पछि रोकिएको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण माघ १२ देखि २२ गतेसम्म हुने काठमाडाैंमा हुने जानकारी गराएको छ । ११ […]

Success

Thank you for your time.