3 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १३औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई मंगलबार बधाई दिएका छन् ।

सदस्य–सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाली खेलाडीले राष्ट्रलाई निरन्तर पदक दिलाएकोमा खेलाडीको प्रशंसा गरे ।
थाइल्यान्डको फुकेटमा मंसिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको महिला मोडेल फिजिक्स १ सय ६० सेन्टीमिटरमा स्वेता कपालीले रजत जितेकी थिइन् । स्वेताको स्पर्धामा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विभिन्न ८ राष्ट्रका ९ खेलाडी सहभागी पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्यले कांस्य जितेका थिए । दुवै नवौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]