default_image

3 years ago

January 6, 2023

बिच भलिबल टोलीलाई उपराष्ट्रपति पुनको बधाई

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत साता सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बिच भलिबल च्याम्पियनसिपमा रजत पदक जित्न सफल खेलाडीसहितको टोलीलाई उपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’ ले बधाई दिएका छन् ।

उपराष्ट्रपति पासाङले बिहीबार आफ्नै कार्यकक्षमा भेट गरी सफलताका लागि बधाई दिएका हुन् । बंगलादेशको कक्स बजारमा गत सम्पन्न च्याम्पियनसिपमा नेपालको पुरुष र महिला दुवै टोलीले रजत पदक जित्न सफल भएका थिए ।

पुरुषमा मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी तथा महिलामा कोपिला उप्रेती र कमला पुनको जोडीले ऐतिहासिक रजत पदक जित्न सफल भएका थिए ।

मान र दिलको जोडी फाइनलमा माल्दिभ्सको जोडीसँग तथा कोपिला र कमलाको जोडी श्रीलंकाको जोडीसँग पराजित हुन पुगेको थियो ।

बिच भलिबलमा नेपालले अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ) र एसियन भलिबल कन्फेडेरेसन (एभीसी) बाट मान्यता च्याम्पियनसिपमा पहिलोपटक पदक जित्न सफल भएको हो ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.