default_image

3 years ago

January 6, 2023

टिप टप हेल्प नेपालमा तीन पाकिस्तानी खेलाडी

518 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानी राष्ट्रिय टोलीका तीन खेलाडीलाई समेट्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आइतबारदेखि राजधानीमा सुरु हुने सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि टोली घोषणा गरेको छ ।

हेल्प नेपालले १२ सदस्यीय टोली घोषणा गरेको हो । अलराउन्डरमा सन्जु विक्रम शाह र यू२३ भलिबल टोलीका सदस्य विष्णु बस्नेत छन् । ओपन स्पाइकरमा अमृत केसी, पाकिस्तानका मुवासार राजा र उस्मान फरयाद एलिउ छन् ।

मिडल ब्लकरमा नेपाली यु२३ भलिबल टोलीका सदस्य सन्तोष महता, याम क्षेत्री, पुकार तामाङ, किस्मत प्रताप शाह छन् । सेटरमा पाकिस्तानका मोहम्मद कासिप नाभिद र सुवास कुँवर छन् ।

उदियमान सेटरको रुपमा रहेको सुवास यु२३ भलिबल टोलीको अन्तिम छनोटमा भने पर्न सकेनन् । मुवासार राजा पाकिस्तानी राष्ट्रिय टोलीका कप्तान तथा मोहम्मद कासिप नाभिद उपकप्तान पाकिस्तानी राष्ट्रिय टोलीका उपकप्तान हुन् ।

लिवेरोका दीपक थापा छन् । उनी नै टोलीका कप्तान हुन् । याम, अमृत र दीपक भारतीय सेनामा कार्यरत छन् । टोलीको प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा अमृत केसी (जित) छन् । टोलीको व्यवस्थापकमा झम्क नारायण श्रेष्ठ छन् ।

सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुँदैछ । च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १४ र महिलामा ८ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाइसकेको छ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछाप र सुदूर पश्चिम प्रदेश गरि १४ टोलीको सहभागिता पक्का भइसकेको छ ।

त्यस्तै महिलातर्फ नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लब बुटवल गरी ७ टोलीको सहभागिता रहेको छ ।

लिगकम नकआउटको आधारमा हुने यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा प्रवेश पाउनेछ ।

च्याम्पियनसिपको पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैया र शिल्ड हात पार्नेछ । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैया प्राप्त गर्नेछन् ।

संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

टिप टप हेल्प नेपालको टोली
अलराउन्डर – सन्जु विक्रम शाह र विष्णु बस्नेत
ओपन स्पाइकर – अमृत केसी, मुवासार राजा र उस्मान फरयाद एलिउ
मिडल ब्लकर – सन्तोष महता, याम क्षेत्री, सुरेन्द्र बम, किस्मत प्रताप शाह
सेटर – मोहम्मद कासिप नाभिद र सुवास कुँवर
लिवेरो – दीपक थापा
मुख्य प्रशिक्षक – उत्सव खड्का
सहायक प्रशिक्षक – अमृत केसी (जित)
व्यवस्थापक – झम्क नारायण श्रेष्ठ

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.