3 years ago
January 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले काठमाडौंमा शुरु भएको सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी शुरुवात गरेका छन् ।

आर्मीले तीन भारतीय खेलाडी सम्मिलित दावाली मिलान क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको समूह चरणको पहिलो खेलमा आर्मीले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा आर्मीले पछि परेको स्थिति उल्ट्याएर २५–२१ को जित निकाल्न सफल भयो । एक समय १०–१५ ले पछि परेको आर्मीले दावालीलाई १९–१९ को भेट्दै जित निकाल्न सफल भयो । त्यसपछि दावालीले २ अंक मात्रै जोड्न सक्यो ।
आर्मीले तेस्रो सेटमा २५–२१ काे जित निकाल्न सफल भयाे । दावालीका तनिश चाैधरी केल्मी प्लेयर अफ दि म्याच घाेषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यससँगै आर्मीले समूह ‘ए’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मी र दावालीसँगै मणि मुकुन्द भलिबल क्लब रहेका छन् ।
आइतबार नै पुरुषतर्फ समूह ‘सी’ को खेलमा नेपाल पुलिस क्लबले न्युटन भलिबल एकेडेमीलाई २५–१६, २५–१७ र २५–१६ ले पराजित गरेको छ । यस जितसँगै पुलिसले समूह ‘सी’ मा ३ अंक जोडेको छ । यो समुहमा पुलिससाँगै गण्डकी, न्युटन, ढोरपाटन र गण्डकी रहेको छ ।
यस्तै आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–३, २५–५ र २५–१० को एकपक्षीय जित निकाल्न सफल भयो । यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मीसँगै एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेन्डरी एकेडेमी रहेको छ ।
माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
यस्तै संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको जनाएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
सोमबार हुने खेल
महिलातर्फ
होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबविरुद्ध नयाँ बजार सामाजिक युवा क्लब
एभेरेस्ट भलिबल क्लबविरुद्ध नेपाल पुलिस क्लब
पुरुषतर्फ
टिप टप हेल्न नेपाल स्पोर्ट्स क्दबविरुद्ध बुढानिलकण्ठ भलिबल क्लब
केशवलाल मेमोरियल भलिबल क्लबविरुद्ध मधेश प्रदेश
आर्मीविरुद्ध मणिमुकुन्द भलिबल क्लब
एपिएफविरुद्ध जावलाखेल भलिबल ट्रेनिङ सेन्टर
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]