default_image

3 years ago

January 9, 2023

साविक विजेता न्यु डायमण्डको विजयी सुरुवात

384 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको समुह चरणको खेलमा डायमन्डले नयाँ बजार सामाजिक युवा क्लबमाथि ३–० को सोझो सेटमा पराजित गरि विजयी सुरुवात गरेको हो ।

पहिलो सेटमा २५–२ को एकपक्षीय जित निकालेको डायमण्डले दोस्रो सेटमा २५–८ को सहज जित निकाल्न सफल भयो । तेस्रो सेटमा पनि डायमण्डले २५–६ को सहज जित निकाल्न सफल भयो । डायमण्डकी सुमित्रा रेग्मी केल्मी केल्मी प्लेयर अफ दि म्याच घोषित भएकी छिन् । उनी आफ्नाे पहिलाे खेलमा नै प्लेयर अफ दि म्याच घोषित भएकी हुन् ।

यस जितसँगै डायमण्डले समूह ‘ए’ मा ३ अंक जोडेको छ । यो समूहमा पुलिसको पनि ३ अंक छ । नयाँ बजार र एभरेष्टले अंक जोड्न सकेको छैन । आज नै एभेरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आज नै पुरुषतर्फ ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । टिप टप हेल्न नेपाल स्पोर्ट्स क्लब र बुढानिलकण्ठ भलिबल क्लब, केशवलाल मेमोरियल भलिबल क्लब र मधेश प्रदेश, आर्मी र मणिमुकुन्द भलिबल क्लब तथा एपिएफ जावलाखेल भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुँदैछ ।

माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

यस्तै संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको जनाएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.