9 months ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । पहिलो सेटमा २५–१४ […]
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो ।
पहिलो सेटमा २५–१४ को सेटमा जित निकालेको पुलिसले त्यसपछिको दुई सेट क्रमशः २५–९ र २५–६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसकी कामना विष्ट केल्मी प्लेयर अफ दि म्याच घाेषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
आइतबार बिहान नै साविकको विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–२, २५–८ र २५–६ ले पराजित गरी विजयी सुरुवात गरेको छ ।
यस नतिजासँगै पुलिसले समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोडेको छ । न्यु डायमण्डको १ खेलबाट ३ अंक छ । नयाँ बजारले दुई खेल खेल्दा अंक जोड्न सकेको छैन । एभरेष्टले अंक जोड्न सकेको छैन ।
आज नै पुरुषतर्फ ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । टिप टप हेल्न नेपाल स्पोर्ट्स क्लब र बुढानिलकण्ठ भलिबल क्लब, केशवलाल मेमोरियल भलिबल क्लब र मधेश प्रदेश, आर्मी र मणिमुकुन्द भलिबल क्लब तथा एपिएफ जावलाखेल भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुँदैछ ।
माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
यस्तै संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको जनाएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
September 25, 2023
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ यसै महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ असोज १४ गते आइतबार (अक्टोवर १) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको छ […]
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]