3 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – केशवलाल मेमोरियल भलिबल ट्रेनिङ सेन्टरले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ मधेश प्रदेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा केशवलालले मधेश प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पहिलो र दोस्रो सेट क्रमश २५–२१ र २५–२३ ले जितेको केशवलालले प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको तेस्रो २७–२९ ले गुमाएको थियो । तर चौथो सेटमा केशवलालले २५–१७ को सहज जित निकाल्न सफल भयो । केशवलालका नविन महतो केल्मी प्लेयर अफ दि म्याच चुनिए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस जितसँगै समूह ‘डी’ मा केशवलालले ३ अंक जोडेको छ । पराजित मधेश प्रदेश अंक विहीन छ । यही समूहको अर्काे खेलमा आज नै उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१६, २५–१९ र २५–१६ ले पराजित गरी विजी सुरुवात गरेको छ ।
अब आज पुरुषतर्फ आर्मी र मणिमुकुन्द भलिबल क्लब तथा एपिएफ जावलाखेल भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुन बाँकी छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]